
साँढेको आक्रमणबाट महाराजगन्ज चमरसठमा दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसु भनिनेको ढाड भाँच्चिएकामा भारतको लखनौमा उपचार भइरहेको रामबलि यादवले बताए ।
आक्रमणबाट गौडहवामा पनि चारजना घाइते भएको इलाका प्रहरी कार्यालय महाराजगन्जले जनाएको छ । स्थानीयवासी बृजेश यादवले एकहप्तादेखि साँढेले महाराजगनज आसपासमा आतंक मच्चाएको जानकारी दिए ।
साँढेले बाटामा हिँडडुल गरेका जो कोहीलाई पनि अक्रमण गर्ने गरेको छ । अहिलेसम्म १०भन्दा बढी स्थानीयवासी घाइते भएका छन् । नगरपालिकाले साँढे नियन्त्रण गर्न प्रहरी, पशुसेवा कार्यालयका कर्मचारीलगायतलाई परिचालन गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्