मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आज देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा…