मेला भर्न बिहानदेखि नै देशका विभिन्न क्षेत्र र भारतबाट हजारौं तिर्थालु देवघाट पुगेका छन् । नेपालकै चार धाम मध्ये एक रिडीको रुरुक्षेत्रमा माघे संक्रान्तिको अवसरमा बिहानैदेखि काली गण्डकीमा स्नान गरी पूजाआजा गर्नेको भिड लागेको छ । माघे संक्रान्तिका अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु (रिडी) क्षेत्रमै रहेको ऋषिकेशव मन्दिरमा पुजाआजा गर्ने श्रद्धालुको लाम…