२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धार्मिक पर्यटन क्षेत्र परशुराम धाममा भव्य मेला


0
Shares

स्कन्दपुराणको मानसखण्डमा कर्णालीको कागपर्वत र पश्चिमको अल्मोडा नन्दा पर्वतगिरिबीचको मानस क्षेत्र बराबर अर्को कुनै तीर्थ छ भने त्यो परशुराम हो भनि उल्लेख भएको र भगवान बिष्णुको अवतार परशुरामले हजारौं वर्ष यज्ञतप गरेकाले यहाँ ठूलो मेला लाग्ने गरेको हो ।

हिन्दू धर्माबलम्बीको आस्थाको केन्द्र मानिने सुदूरपश्चिमकै प्रसिद्ध डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाको वडा नं. ५ शीर्ष परिगाउँमा अवस्थित परशुरामधाममा प्रत्येक वर्ष मकर (माघी) संक्रान्तिका दिन स्नानसहित ठूलो मेला लाग्ने गरेको छ ।

सुदूरपश्चिमका ठूल्ठूला देवीदेवता लगायत उत्तर भारतको समेत तीर्थ रहेको परशुरामधाममा गंगाजी स्वरुप नेपालको सिमाना समेत रहेको महाकाली नदी रंगुन त्रिवेणी परशुराम क्षेत्र सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकोले बर्षेनी देवीदेवताको जात्रा निकाली धामी तथा धार्मिकजन सर्वसाधारणले स्नान गर्ने परम्परा रहेको छ ।