ईमेज च्यानल २२ औं वर्षमा प्रवेश, केही महिनाभित्रै एचडी प्रविधिमा जाने प्रतिबद्धता • Image Khabar Image Khabar


ईमेज च्यानल २२ औं वर्षमा प्रवेश, केही महिनाभित्रै एचडी प्रविधिमा जाने प्रतिबद्धता


Imagekhabar
१ माघ २०७४, सोमबार १६:०५

ईमेज च्यानल २२ औं वर्षमा प्रवेश, केही महिनाभित्रै एचडी प्रविधिमा जाने प्रतिबद्धता

एक्काइसौं वर्ष पूरा गरेको अवसरमा इमेज कम्प्लेक्समा गरिएको कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले सबैमा शुभकामना व्यक्त गरे ।

दुई दशक अगाडी च्यानल सुरु गर्दाको परिस्थितिको अनुभव सुनाउँदै उनले सबैको साथ र सहयोगले यात्राका अवरोध छिचोल्दै अगाडी बढेको र आगामी दिनमा पनि त्यो साथ कायमै रहने विश्वास व्यक्त गरे ।

अध्यक्ष मानन्धरले अबको केही महिनाभित्रै एचडी प्रविधिका साथ आउने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा अध्यक्ष मानन्धरले केक काटेर वार्षिकोत्सवको उद्घाटन गरेका थिए ।

ईमेज च्यानल पहिलो पटक २०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट दर्शक माझ पुगेको थियो ।

image1_1

प्रशारणको ५ वर्षपछि २०५९ साल माघ १७ गतेदेखि ईमेज च्यानलले काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्टेरियल माध्यमबाट इमेज मेट्रो च्यानल प्रशारण सुरु गर्‍यो ।

त्यसको ४ वर्षपछि लोकतन्त्रको विहानीसँगै २०६३ माघ ११ गतेदेखि ईमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रशारणलाई विश्वभर जोड्यो ।

विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनको मूल नारासहित अहिले ईमेज च्यानल साताको सातै दिन चौबीसै घण्टा देशभर मात्र नभई विश्वका ७२ भन्दा बढी राष्ट्रमा आफ्नो प्रशारणलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्