२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


त्रिभुवन विश्वविद्यालयलाई चीनको एनयुएए विश्वविद्यालयले सहयोग गर्ने


0
Shares

त्रिभुवन विश्वविद्यालयले आज काठमाडौंमा गरेको कार्यक्रममा दुई विश्वविद्यालयबीच सम्झौता भएको हो । एनयुएए विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयलाई आधुनिक प्रविधिको विकाससँगै विश्व विद्यालयका विद्यार्थीहरुलाई प्रविधिबारे प्रशिक्षण पनि दिनेछ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाँले नेपाल र चीनबीच शैक्षिक अनुभवको आदान प्रदान हुने बताए ।

उनले प्रविधिमा अगाडि बढेको चीनबाट नेपालले फाईदा लिन सक्नुपर्ने बताए । प्राडा विकास नकर्मीले दुई देशका विद्यार्थीबीच नयाँ प्रविधिबारे छलफल हुने र एक आपसमा सहयोग आदान–प्रदान हुने बताए ।