Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


काठमाडौंको भुवनेश्वर मन्दिर परिसरमा महिलाको शव फेला


0
Shares

बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख अनिरुद्र भुजेलले परिचय नखुलेको अन्दाजी ३५ वर्षकी महिला आज अपराह्न मृत अवस्थामा मन्दिर परिसरमा फेला परेको जानकारी दिँदै उनको शरीरमा चोट देखिएकाले हत्या भएको हुन सक्ने बताए ।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस