ईमेज च्यानल प्रसारणको २१ वर्ष पुरा (भिडियो) • Image Khabar Image Khabar


ईमेज च्यानल प्रसारणको २१ वर्ष पुरा (भिडियो)


Imagekhabar
१ माघ २०७४, सोमबार ०८:४०

ईमेज च्यानल प्रसारणको २१ वर्ष पुरा (भिडियो)

थोरै समयमा धेरै ठूलो योजना लिएर आएको ईमेजले अहिले नेपाली टेलिभिजन इतिहासमा एउटा पृथक पहिचान बनाएको छ ।

ईमेज च्यानल पहिलो पटक २०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट दर्शकहरुमाझ पुगेको थियो । नेपालमा निजी टेलिभिजन प्रसारण अनुमति प्राप्त हुनु अघि नै निजी क्षेत्रको पहिलो प्रसारण संस्थाका रुपमा कार्यक्रम लिएर आएको इमेज च्यानल दर्शकहरुको अपार माया र विश्वासका साथ क्रमशः विकास र विस्तार गर्दै निरन्तर अघि बढिरहेको छ । नेपाल टेलिभिजनको डेढ घण्टाको बिहानी समय लिएर सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रमसहित पहिलो पटक उपस्थित हुँदा यसका सामु थुप्रै प्रश्नहरु थिए । बिहानको समयमा भजन मात्रै बज्नु पर्छ भन्ने पुरातनवादी सोचकाबीच सूचना र मनोरञ्जनका कार्यक्रमसहित उपस्थित हुनु दर्शकको रुचि र बजारका दृष्टिले कम चुनौतीपूर्ण थिएन । यद्यपि, तपाई दर्शकहरुको माया र सद्भावले हामी चुनौतीको सहजै सामना गरेर अझ उचाइका साथ यात्रा अघि बढाउन सफल भयौं ।

प्रसारणको ५ वर्षपछि २०५९ साल माघ १७ गतेदेखि इमेज च्यानलले काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्ट्रियलमाध्यमबाट इमेज मेट्रो च्यानल प्रसारण सुरु ग¥यो ।

दर्शकहरुको अपार साथ र समर्थनको कदर गर्दै त्यसको ४ वर्षपछि लोकतन्त्रको बिहानीसँगै २०६३ माघ ११ गतेदेखि इमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभर जोड्यो ।

‘विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जन’को मुल नारासहित अहिले इमेज च्यानल साताको सातैदिन चौबीसै घण्टा देशभर मात्र नभई विश्वका ७२ भन्दा बढी राष्ट्रमा आफ्नो प्रसारणलाई निरन्तरता दिइरहेको छ । साथै, टेलिभिजन समाचार र विभिन्न कार्यक्रमहरु इन्टरनेटमार्फत् प्रसारण समयमै प्रत्यक्ष प्रसारण पनि गरिरहेको छ ।

२०४६ सालमा प्रजातन्त्रको पुनस्थापना भएसँगै २०४७ सालमा बनेको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी ग¥यो । लोकतन्त्रको स्थापनापछि २०६३ सालमा बनेको अन्तरिम संविधान र संविधानसभाबाट २०७२ सालमा जारी भएको नेपालको संविधानले यसलाई अझ फराकिलो बनाएको छ । तीनै तहको निर्वाचन सम्पन्न भई सरकार निर्माणको तयारीमा मुलुक अघि बढिरहेको छ । यसले राजनीतिक स्थिरता र आर्थिक सम्बृद्धिको ढोका खोल्न सके नेपाली मिडियाको बजार पनि विस्तार हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।

राष्ट्रिय आमसञ्चार नीतिका साथै उदार मिडिया नीति र प्रसारण कानुनले धेरैहदसम्म मिडियामा लगानी र व्यावसायिक अभ्यासको वातावरण दिएको छ । तर, त्यसलाई व्यवहारमा उतार्न क्लीनफिड नीतिको कार्यान्वयनलगायत थुप्रै कार्यहरु गर्न बाँकी छ । प्रेस स्वतन्त्रताको अभ्यासका निम्ति भयरहित वातावरण हुन पनि उत्तिकै जरुरी हुन्छ । धेरै कारणले अहिले पनि मिडियाको सञ्चालन सहज बन्न सकिरहेको छैन ।

यद्यपि भावी दिनमा इमेज च्यानलले सबैखाले चुनौतीको सामना गर्दै अझ उच्च प्रविधि र गुणस्तरीय सामग्रीका साथ प्रसारणलाई निरन्तरता दिनेछ भने एफएम रेडियो र अनलाइन क्षेत्रलाई पनि अझ परिस्कृत बनाउने प्रतिवद्धता जनाएको छ ।

वास्तवमा तपाई दर्शक र स्रोताहरुको सद्भावकै कारण इमेज च्यानलले २०५५ पुस २३ गतेदेखि केएटीएचको नामबाट एफएम प्रसारण सुरु ग¥यो । अहिले इमेज एफएम ९७.९ को रुपमा यो एफएम २४ सै घण्टा समाचार, विचार र मनोरञ्जन लिएर तपाईहरुबीच आइरहेको छ ।

इमेज परिवारको अर्को सदस्यको रुपमा २०६५ भदौ २९ गतेदेखि प्रसारणमा आएको इमेज न्युज एफएम १०३.६ ले हरपल निरन्तर समाचार प्रसारण गरिरहेको छ ।

यसैगरी नयाँ मिडियाको रुपमा सुरु गरेको इमेजखवर डट कमप्रति पनि यहाँहरुले देखाउनुभएको सद्भावले इमेज ग्रुप अफ कम्पनीज् उत्साहित बनेको छ ।

प्रसारणको २१ बर्ष पूरा भएको यस सुखद् अवसरमा इमेज च्यानल पत्रकारिताको धर्म र आफ्नो विशिष्ट पहिचान अझ बलियो बनाउने प्रतिबद्धतासहित सम्पूर्ण दर्शक, स्रोता, पाठक, विज्ञापनदाता तथा शुभेच्छुक सवै महानुभाव र सहकर्मीहरुप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछ । र, भावी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछ ।

भिडियो रिपोर्ट हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्