६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


युवाहरु बाहिरिएपछि पर्वतमा २ हजार ४ सय हेक्टर खेतीयोग्य जमिन बाँझै

पर्वतको यो बाँझो जमिनमा खेती गर्न सके २० हजार मानिसलाई वर्षभरी खान पुग्ने अन्न उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पर्वतमा ५३ हजार ६ सय ८६ हेक्टर जमिनमध्ये २८ हजार ५ सय ९३ हेक्टरमा खेती लगाउन सकिन्छ । तर, अहिले पर्वतमा २४ हजार १ सय ७१ हेक्टरमा मात्रै खेती लगाइएको छ ।…