
धुर्मुस सुन्तली फाउन्डेसनले १२ कठ्ठा जमिनमा निर्माण गरिरहेको वस्तीमा व्यवस्थित सडक, ढल निकास, धारा, बिजुली बत्ती, भ्यू–टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, नमूना क्लब घर, चिड्रेन पार्क र मन्दिरसहित ४७ आवासीय घर रहेका छन् ।
यो बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नमूना वस्ती हेर्न आसपासका सर्वसाधारणसमेत आउने गरेका छन् ।
तर, यो नमूना बस्तीसँगै जोडिएका अन्य बस्ती भने अव्यवस्थित छन् । जथाभावी फोहोर र दुर्गन्ध फैलिँदासमेत स्थानीय तहले यसको व्यवस्थापनमा चासो राखेको पाइँदैन ।
जसलाई नयाँ बनेको एकीकृत नमूना बस्तीले गिज्याउने देखिएको छ । नयाँ बस्तीमा मुसहर, माझी लगायतका जातीको बसोबास छ भने नजिकैका अन्य बस्तीमा थारु समुदायको बसोबास छ ।
निर्माणको अन्तिम चरणमा रहेको यो नमूना बस्ती तराई-मधेसको पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको छ ।
५ करोड ९५ लाख रुपैयाँको अनुमानित लागतमा निर्माण सुरु गरिएकोे बस्तीका लागि अझै करिब १ करोड ३० लाख रुपैयाँ अपुग रहेको फाउन्डेसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्