२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


धनकुटामा आमहडताल स्थगित


0
Shares

सोमबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले आमहडताललाई एक हप्ता स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो ।

स्थानीय प्रशासनले बजार क्षेत्रमा लगाएको निषेधाज्ञा सोमबारै हटाएको थियो । यससँगै आमहडताल फिर्ता लिने निर्णय गरिएको आन्दोलन परिचालन समितिका सदस्यसचिव जयन्द्र प्रधानले जानकारी दिए ।

सरकारले प्रदेश नम्बर–१ को अस्थायी मुकाम विराटनगर तोकेको विरोधमा धनकुटावासीले आमहडताल गरेका थिए ।

आमहडताल र निषेधाज्ञा खुलेसँगै धनकुटाको जनजीवन सहज हुने भएको छ ।

आन्दोलन परिचालन समितिले सरकारलाई ७ दिनभित्र माग सम्बोधन गर्न ‘अल्टिमेटम’समेत दिएको छ ।