
विरोधका कार्यक्रम मत्थर बन्दै गएकाले मंगलबार (भोलि) बिहान ७ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।
प्रादेशिक राजधानीको माग गर्दै चलेको आन्दोलन उग्र बनेपछि गत बिहीबारदेखि धनकुटा प्रशासनले सदरमुकाम धनकुटा बजारमा निषेधाज्ञा जारी गरेको थियो ।
आन्दोलनकारीका गतिविधि हेरर प्रशासनले थप निर्णय लिने जनाइएको छ । निषेधाज्ञा हटाइएपनि आन्दोलकारीहरुको आमहडताल भने कायमै छ ।
प्रादेशिक राजधानीको माग गर्दै विगत ३८ दिनदेखि आन्दोलन चलिरहेपनि स्थानीय प्रशासन र आन्दोलनकारीबीच जारी तनाव अन्त्य गर्ने विषयमा फलदायी संवाद हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्