२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


युवाहरु बाहिरिएपछि पर्वतमा २ हजार ४ सय हेक्टर खेतीयोग्य जमिन बाँझै


0
Shares

पर्वतको यो बाँझो जमिनमा खेती गर्न सके २० हजार मानिसलाई वर्षभरी खान पुग्ने अन्न उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

पर्वतमा ५३ हजार ६ सय ८६ हेक्टर जमिनमध्ये २८ हजार ५ सय ९३ हेक्टरमा खेती लगाउन सकिन्छ । तर, अहिले पर्वतमा २४ हजार १ सय ७१ हेक्टरमा मात्रै खेती लगाइएको छ ।

खेतीयोग्य जमिन भए पनि केहीमा सिँचाई सुविधा पुग्न सकेको छैन । पर्वतमा खेतभन्दा पाखो बारी बढी रहेको छ ।

९ हजार हेक्टर खेत र १५ हजार १ सय ५० हेक्टर पाखोबारी रहेको पर्वतको ६ हजार ४ सय २१ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।

वर्सेनी बाँझो जमिन बढ्न थालेपछि गतवर्षदेखि बाँझो नराख्ने अभियान थालिएको थियो । तर त्यो प्रभावकारी भने हुन सकेको छैन ।

आर्थर, भुकताङ्ले, कुर्घा, भोक्सिङ, दुर्लुङ, होश्राङ्दी, खौला, चित्रे लगायतका साविकका गाविसमा बढी बाँझो जमिन रहेको छ ।