सेनाको हेलिकोप्टर आकस्मिक अवतरण • Image Khabar Image Khabar


सेनाको हेलिकोप्टर आकस्मिक अवतरण


Imagekhabar
८ माघ २०७४, सोमबार १९:२१

सेनाको हेलिकोप्टर आकस्मिक अवतरण

डडेल्धुराबाट घाइते प्रहरी जवान बोकेर नेपालगन्जका लागि उडेको ०४५ इक्विरेल हेलिकोप्टर डोटीको शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेस्थित गहुँखेतमा अवतरण गरिएको हो ।

उड्नासाथ हेलिकोप्टरमा समस्या देखिएपछि चालक प्रमुख सेनानी कुशलकुमार गुरुङ र सहचालक क्याप्टेन राकेश खड्काले आकस्मिक र अवतरण गराएका हुन् ।

आइतबार साँझ दार्चुलामा भीरबाट लडेर घाइते भएका प्रहरी जवान शेरबहादुर महतारालाई उपक्षेत्रीय अस्पताल डडेल्धुराले थप उपचारका लागि काठमाडौं सिफारिस गरेको थियो ।

त्यसपछि प्रहरीले सेनासँग समन्वय गरेर नेपालगन्जसम्मका लागि सो हेलिकोप्टरको व्यवस्था मिलाएको थियो ।

समस्या समाधानका लागि इन्जिनियरबाट जाँचबुझ भइ आवश्यक मर्मत गरेरमात्रै उडान भर्ने जनाइएको छ ।

उता, घाइते प्रहरी जवान महताराको अवस्था भने गम्भीर छ । उनलाई मुडभाराबाट तत्कालै सडकमार्गबाट काठमाडौं लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्