Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सदरमुकाम सारेको विरोधमा रुकुमकोटमा छैठौं दिन पनि प्रदर्शन

प्रर्दशनका क्रममा सहभागीले रुमालबारा, बाहुनठाना, छिप्रिदह, पाखागाउँ लगायतका स्थानमा नाराबाजी गर्दै थाल बजाएर प्रदर्शन गरेका थिए । रुकुमकोटमा गत शुक्रबारदेखि अनिश्चितकालिन बन्द गरिएको छ । बन्दले रुकुमकोटका सबै शिक्षण संस्था, संघसस्था, बजार, सबै सरकारी कार्यालयहरु प्रभावित भएका छन् । गत विहीबार मात्र मन्त्रीपरिषद्को बैठकले रुकुमकोटबाट गोलखाडामा सदरमुकाम सार्ने निर्णय गरेको थियो ।