स्वस्थानी ब्रत कथाको आज विधिवतरूपमा समापन • Image Khabar Image Khabar


स्वस्थानी ब्रत कथाको आज विधिवतरूपमा समापन


Imagekhabar
१७ माघ २०७४, बुधबार १४:४५

स्वस्थानी ब्रत कथाको आज विधिवतरूपमा समापन

यसवर्ष स्वस्थानी व्रत कथाको सांगेको दिन आज खग्रास चन्द्र ग्रहण लाग्ने भएकाले बिहान ८ बजेर ५५ मिनेटअघि नै व्रत सकाइएको हो ।

८ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत सकाउन नेपाल पञ्चांग निर्णायक समितिले जनाएको थियो ।

मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्न सक्ने समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत पनि सकिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्