२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विद्यालयमा ट्राफिक शिक्षा


0
Shares

बुधबार ललितपुरको सेन्ट जेभियर्स स्कुलमा आयोजित उद्घाटन कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरियो ।

महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले विद्यार्थीका माध्यमबाट घरघरमा ट्राफिक शिक्षा पुर्‍याउने उद्देश्य रहेको बताए ।

ट्राफिक शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्ने भन्दै उनले आफ्नै सुरक्षाका लागि ट्राफिक नियम पालना गर्न आग्रह गरे ।

विद्यालयमा अध्ययन गर्ने उमेरका विद्यार्थी बढी जोखिममा रहेको भन्दै उनले ट्राफिक एक्लैको प्रयासबाटमात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने बताए ।

उनले विद्यार्थीहरुलाई पनि ट्राफिक सहयोगी बन्न र आफूले सिकेका कुरा घर–परिवारसमक्ष पुर्‍याउन पनि आग्रह गरे ।

ललितपुरका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल र प्याब्सनका ललितपुर अध्यक्ष शिवबहादुर कार्कीले सबै विद्यालयमा ट्राफिक शिक्षा कार्यक्रम सन्चालन गर्न आग्रह गरे ।

ट्राफिक जनचेतनामा ललितपुरका एक दर्जनभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी छन् ।

कार्यक्रममा प्रहरी निरीक्षक सीताराम हाछेंथुले तयार पारेको ‘ट्राफिक अंकल’ नामक चेतनामूलक ट्राफिक वृत्तचित्र पनि देखाइएको थियो ।