तर, समयक्रममा जनताको प्रतिरोध आन्दोलनले लोकतन्त्रको स्थापनामात्र भएन, मुलुकमा गणतन्त्रकोसमेत स्थापना भयो । २०० वर्ष लामो राजतन्त्रात्मक व्यवस्था ढलेसँगै त्यही राजतन्त्रको स्मरण गराउने राजदरबार परिसरको पूर्वी भागमा गणतन्त्र स्मारक निर्माणको काम लगभग सकिइसकेको छ । देशमा गणतन्त्र ल्याउन भएका ऐतिहासिक आन्दोलनकाक्रममा बनेका सहिद, बेपत्ता नागरिक र घाइतेहरुको सम्झनामा यो स्मारक निर्माण गरिएको हो । १२…