सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु • Image Khabar Image Khabar


सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु


Imagekhabar
१९ माघ २०७४, शुक्रबार १६:१९

सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु

चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो ।

घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पुर्‍याएका थिए ।

पाँचौंपटक गर्भवती भएकी उनको बच्चाले गर्भमा नै दिसा गरेपछि बिहीबार राति मृत्यु भएको चौरजहारी अस्पतालका डा. सुमन राईले जानकारी दिए ।

विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उनको उपचारमा समस्या आएको डा. राईले बताए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको डा. राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्