२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश नम्बर ५ को प्रदेश बैठकका लागि यस्तो छ तयारी (भिडियो)


0
Shares

संघीय संरचनाअनुसारको प्रदेश संसदअन्तर्गत प्रदेश नं ५ को संसद सचिवालय रहेको बुटवल उद्योग बाणिज्य संघको सभाहलमा आबश्यक तयारी तीब्र पारिएको छ । प्रदेश सभाको पहिलो बैठक माघ २१ गते ११ बजे बोलाइएको छ ।

संघीय संरचनाअनुसारको प्रदेशसंसद अन्तर्गत प्रदेश नं ५ को संसद सचिवालय रहेको बुटवल उद्योग बाणिज्य संघको सभाहलमा आवश्यक तयारी तिव्र पारिएको हो ।

प्रथम बैठकलाई आर्कषक बनाउनका लागि बैठक कक्षमा फर्निचर राख्नेदेखि लिएर रंगरोगनको काम प्राथमिकतामा राखेर अगाडि बढाइएको छ ।

संसद भवनको अगाडि बोर्डहरु राख्ने काम भइरहेको छ भने २१ गते आह्वान गरिएको पहिलो बैठकका बारेमा विभिन्न दलहरुसँग छलफल समेत गरिएको प्रदेश नम्बर संसद सचिवालय सहजीकरणका प्रमुख सुरेन्द्र अयार्लले जानकारी दिए ।

बैठक संचालनका लागि प्रदेश सभा भवन भित्र फर्निचर, सभामुख कक्ष, सभाषद कक्षहरुमा फर्निचरको व्यवस्था भइरहेको छ ।

त्यस्तै संसदीय मापदण्ड अनुसार सांसदको पछाडी दिर्घामा रहने विशिष्ट अतिथि, कर्मचारी, संचारकर्मी तथा अन्य दर्शकहरुका लागि समेत ठाँउहरुको तयारी भइरहेको छ ।

यो बैठकलाई ऐतिहासिक बनाउने गरी काम तथा तयारी भइरहेको प्रदेश संचालक टोलि प्रमुख अर्यालको भनाइ छ ।

उनले पहिलो दिनको बैठक ऐतिहासिक हुने बताउँदै दलिय आधारमा सभाषद्लाई मन्तव्य राख्न दिने, सांसदहरुवीच शुभकामना आदानप्रदान हुने, शहीद प्रति श्रद्धाञ्जली, कार्यवधिबारे छलफल र सभामुख चयनको मिति तय जस्ता महत्वपुर्ण निर्णय हुन सक्ने गरी पहिलो बैठकका एजेण्डा तय हुन सक्ने उल्लेख गरे ।

माघ ७ गते पद तथा गोपनियताको सपथ खाएका प्रदेश सभाषद्हरुले माघ २१ गते पहिलो बैठक राखिएसंगै सांसदहरु खुसि देखिएका छन् ।

प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले संसदको पहिलो बैठकलाई संसद सचिवालयमा तयारी भईरहेको उल्लेख गर्दै यसलाई ऐतिहासिक बनाउने बताए ।

५ नम्बर प्रदेश प्रमुख उमाकान्त झा प्रदेश सभाको पहिलो बैठक कसरी संचालन गर्ने बारे परामर्श लिन काठमाडौंमा छन् ।

प्रदेश सभा बैठकको व्यवस्थापन र सहजिकरणका लागि संसद सचिवालयको टोलि बुटवल आइपुगेको छ ।

बुटवलमा आएको कर्मचारीको टोलीले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुखको सचिवालय संचालनका लागि काम थालेका छन् ।

(हेर्नुहोस भिडियो)