सो अवसरमा गृहमन्त्री थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति–सुरक्षाको सुनिश्चितता हुन आवश्यक रहेको बताए । प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नति, साधन–स्रोतको अभावलगायतका समस्या रहेकाबारे आफू जानकार रहेको बताउँदै उनले ती समस्या समाधानका लागि ठोस योजनासहित मन्त्रालयले काम गर्ने विश्वास दिलाए । इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल…