
जिल्लाकोे नौकुन्ड गाउँपालिका–६, सिस्नेरीमा गत माघ २७ गते भएको आगोलागीमा परी ज्यान गुमाएका बालबालिकाका परिवारलाई जिल्ला प्रशासनले राहत रकम प्रदान गरेको हो ।
आगोलागीले मृत्यु भएकी ६ वर्षीया अस्मिता मोक्तानका पिता धनबहादुर मोक्तानलाई एक लाख र सात वर्षीया रिपोला मोक्तान एवं तीन वर्षीया मंगली मोक्तानका पिता वीरबहादुर मुक्तानलाई राहतस्वरुप दुई लाख रुपैयाँ प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस्