२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


थकाली समुदायको महान पर्व तोरन्ल सुरु


0
Shares

काठमाडौं, फागुन १६ । थकाली समुदायको महान पर्व तोरन्ल आजबाट सुरु भएको छ ।

हरेक वर्ष फागु पूर्णिमालाई वीचमा पारेर तीन दिनसम्म देश विदेशमा रहेको थकाली समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।

पर्वका अवसरमा थकाली सेवा समिति नेपालले काठमाडौंको बालाजुमा तोरन्ल विशेष कार्यक्रमको आयोजना गरेको छ । यस पर्वमा विशेषगरी पुरुष समुदायले धनुषवाण र महिलाले कौडी खेल्ने गर्दछन् ।

थकालीहरुले यो पर्व तीन दिन मनाउने गर्दछन् । पर्वका अवसरमा एक–आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै पितृहरुलाई विभिन्न परिकार चढाउने गरिन्छ ।

त्यसैगरी थकाली नृत्य प्रस्तुत गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम पनि गर्ने चलन छ ।

थकाली सेवा समितिले काठमाडौंमा गरेको कार्यक्रमको उद्घाटन गर्दै संघीय संसद्का सांसद प्रेमप्रसाद तुलाचनले यस्ता पर्वले थकालीहरुबीच एक आपसमा भाइचारा वृद्धि गर्न सहयोग पुग्ने बताए ।