२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मानव बेचविखनमा संलग्न व्यक्तिलाई नछाड्न दबाब


0
Shares

समूहले मानव बेचविखनमा संलग्न कुनै पनि व्यक्तिलाई छाड्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

आज काठमाडौंमा गरिएको कार्यक्रममा मसूहकी अध्यक्ष अन्जना शाक्यले मानव वेचविखनको आरोपमा किटानी जाहेरी पछि पक्राउ परेका नुवाकोटका सुनबहादुर तामाङलाई अदालतले छोड्ने आदेश दिएकोमा आपत्ति जनाइन् ।

उनले त्यस्ता व्यक्तिलाई छाड्दा बेचविखनबाट पीडितको सुरक्षा, संरक्षण तथा न्यायमा पहुँचको सुनिश्चिततामा ठूलो चुनौती थपिएको बताइन् ।