१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


मोटरसाइकलबाट खसेर महिलाको मृत्यु


0
Shares

मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधार बस्ने गनौर साहकी पत्नी २८ वर्षीया शवनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुँबेर कडायतले बताए ।

खातुन पतिसँग ज१०प ८२०९ नम्बरको मोटरसाइकलमा श्रीपुरबाट आफ्नो घर कठुधार जाँदै गर्दा औरही–८ स्थित टिम्कियामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते खातुनलाई उपचारका लागि बर्दिवास लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए । रासस