१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


बाइसधारामा मेला

प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ बाइसधारा मेला लाग्छ । बालाजुमा स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचोडाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्धले आएर बसेको मानिन्छ । हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था केन्द्रकारूपमा रहेको बालाजु क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि उदाहरणीय छ…