
प्रदेश नम्बर–४ र ५ का सरकारी वकिलहरुको कार्यसमीक्षा कार्यक्रमलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले आगामी भदौ १ गतेदेखि लागू हुने फौजदारी संहिता पालनामा कुनै कमी–कमजोरी नगर्न आग्रह गरे ।
उनले नेपाल संघीय संरचनामा गएको अवस्थामा न्यायप्रणाली पनि एकीकृत मोडलमा परिकल्पना गरिएको बताए ।
महान्यायाधिवक्ता खरेलले फौजदारी न्यायप्रणाली सुधारोन्मुख रहेकाले अब लागू हुने संहिताले न्यायप्रणालीलाई झनै सहज र जनमुखी बनाउने दाबी गरे ।
‘कानुन ल्याउनुमात्र ठूलो उपलब्धि होइन’ भन्दै उनले त्यसलाई जनस्तरसम्म पुर्याउन सरकारी वकिलले सेतुकोरुपमा काम गर्नुपर्ने बताए ।
कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले अदालतलाई न्याय सम्पादनमा सघाउ पुर्याउने पक्ष नै सरकारी वकिल भएको भन्दै सरकारी वकिलहरुले जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्