२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मदिरा सेवन गरेर होहल्ला गर्ने वडाध्यक्ष समातिए


0
Shares

मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौच गर्ने चम्पादेवी गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीयले उजुरी गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताए ।

खत्री शुक्रबार दिउँसो मदिरा सेवन गरेर वडा कार्यालय पुगेका थिए । अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयले प्रहरीमा बुझाएका हुन् ।

शुक्रबार दिउँसो पक्राउ परेका खत्री अहिले प्रहरीचौकी कोषभञ्ज्याङको हिरासतमा छन् ।

खत्री चम्पादेवी गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।