
रामप्रसाद राई प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा उनले राजनीतिक परिवर्तनमा योगदान पुर्याएकालाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गरिन् ।
राईको जन्मस्थललाई सरकारले रामप्रसाद राई गाउँपालिका राखेर सम्मान दिएको उल्लेख गर्दै उनले स्वतन्त्र सेनानीकारुपमा रहेका राईको योगदानलाई सरकारले विशेष सम्मान दिनुपर्ने बताइन् ।
कार्यक्रममा प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले विगतको सरकारले राईलाई राम्रोसँग चिन्न नसकेको भन्दै अबको संघीय लोकतान्त्रिक सरकारले उनीजस्ता योद्धाको कदर गर्नुपर्ने बताए ।
मुख्यमन्त्री राईले प्रदेश मन्त्रिपरिषद बैठकले राईको जन्मथलोलाई नमुना गाउँ बनाउने निर्णय गरेको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले कविता महोत्सवमा उत्कुष्ट हुनेलाई पुरस्कार वितरणसमेत गरेकी थिइन् ।
महोत्सवमा ऐश्वर्य श्रेष्ठ प्रथम, सीता भट्टराई द्वितीय तथा बलिराज खम्बु, सागर घिमिरे र धर्मानन्द भट्ट तृतीय भएका थिए ।
रामप्रसाद राई वि.सं. १९६५ फागुन ८ गते भोजपुरमा जन्मिएका थिए । उनी २००८ सालमा बेपत्ता भएका थिए । विभिन्न अध्ययनले उनको राज्यपक्षबाट हत्या भएको देखाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्