हरेक नेपालीको पहुँचमा खानेपानी पुर्‍याइन्छ : मन्त्री मगर • Image Khabar Image Khabar


हरेक नेपालीको पहुँचमा खानेपानी पुर्‍याइन्छ : मन्त्री मगर


Imagekhabar
१७ चैत्र २०७४, शनिबार १४:४१

हरेक नेपालीको पहुँचमा खानेपानी पुर्‍याइन्छ : मन्त्री मगर

आफ्नो निर्वाचन क्षेत्र जानेक्रममा शनिबार धनगढी विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

नेपालका अधिकांश स्थानमा अझैपनि स्वच्छ खानेपानी पुग्न नसकेको भन्दै उनले सरकारले ठोस योजना ल्याएर सबैको पहुँचमा खानेपानी पुर्‍याइने बताइन् ।

मन्त्री मगर महिलामा हुने पाठेघरको क्यान्सरसम्बन्धी शिविर सन्चालन गर्न कैलाली आएकी हुन् । भरतपुर क्यान्सर अस्पतालको सहयोगमा शिविर सन्चालन हुन लागेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्