धौगागिरि बेस क्याम्प जाने पदमार्गबाट दुई विदेशी पर्यटक बेपत्ता • Image Khabar Image Khabar


धौगागिरि बेस क्याम्प जाने पदमार्गबाट दुई विदेशी पर्यटक बेपत्ता


Imagekhabar
१७ चैत्र २०७४, शनिबार १५:४१

धौगागिरि बेस क्याम्प जाने पदमार्गबाट दुई विदेशी पर्यटक बेपत्ता

धौलागिरि पदमार्ग पुगेका दुई विदेशी नागरिक हराएको खबर शनिबार बिहान ६ बजे पाएपछि प्रहरीले स्थलगत खोजी अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षकको कमान्डमा १० जनाको टोली पर्यटकको खोजीकार्यमा जुटेको छ ।

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले हराइरहेका दुई विदेशीको हेलिकोप्टरबाट पनि खोजी जारी राखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्