काठमाडौं, वैशाख ६ । काठमाडौंको बानेश्वर चोकमा गएराति दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा तीनजना घाईते भएका छन् । गएराति सवा १ बजे बा६३प ७६३९ नम्बरको मोटरसाईकल र बा३५प ६६५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक गैरीगाँउ बस्ने २६ वर्षीय कुमोद चौधरी, पछाडी सवार २४ वर्षीय उपेन्द्र विष्ट र…