३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


दुई छोराको हत्यापछि आत्महत्या


0
Shares

नवलपरासी, वैशाख ५ । नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीका २८ वर्षीय प्रताप कुमालले दुई छोराको हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेका छन् ।

छोराहरु ९ वर्षीय एञ्जल र ११ वर्षीय प्रतीकको घाँटी थिची हत्या गरेका कुमाल झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका हुन् ।

पारिवारिक झगडाका कारण छोराहरु लिएर दुई दिन अघि घरबाट निस्केका उनी र उनका छोारहरुको शव आईतबार बिहान दुम्किवास गाविस–५ को दाउन्नेस्थित बौद्ध गुम्बाको प्रतिक्षालयमा फेला परेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।