
काठमाडौं, वैशाख ६ । काठमाडौंको बानेश्वर चोकमा गएराति दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा तीनजना घाईते भएका छन् ।
गएराति सवा १ बजे बा६३प ७६३९ नम्बरको मोटरसाईकल र बा३५प ६६५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा परी मोटरसाईकल चालक गैरीगाँउ बस्ने २६ वर्षीय कुमोद चौधरी, पछाडी सवार २४ वर्षीय उपेन्द्र विष्ट र स्कुटर चालक २२ वर्षीय राजु श्रेष्ठ घाईते भएका छन् ।
घाईते विष्ट र श्रेष्ठको निजामती अस्पताल बानेश्वर र चौधरीको बिएण्डबी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीनैजनाले मादक पदार्थ सेवन गरेको खुल्न आएको छ । दुर्घटनामा संलग्न दुबै मोटरसाईकललाई महानगरीय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्