
काठमाडौं, वैशाख ५ । विश्व हेमोफिलिया दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क हेमोफिलिया स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ ।
नेपाल हेमोफिलिया सोसाइटीसँगको सहकार्यमा अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी विभाग र फिजिकल थेरापी विभागले आयोजना गरेको शिविरमा नेपाल हेमोफिलिया सोसाइटीमा सदस्य रहेका ४८ जना हेमोफिलिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर भास्करराज पन्तले शिविरमा आएका हेमोफिलिकहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक परामर्श दिएका थिए ।
त्यसैगरी, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको फिजिकल थेरापी विभागका प्रमुख राजेश सिंह नेतृत्वको टोलीले हेमोफिलिकहरुलाई हेमोफिलिया मैत्री फिजियो थेरापिवारे परामर्श तथा प्रशिक्षण दिएको थियो ।
वंशाणुगत रुपमा हुने हिमोफिलिया रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमीका कारण हुने र जोर्नीहरुमा लामो समयसम्म रगत नरोकिने भएकाले यसले जोर्नी बिगार्ने र समयमा निदान र उपचार नगरेमा यसले अपाङ्ग समेत बनाउन सक्छ ।
पछिलो समयमा नेपालमा पनि हेमोफिलियाको उपचार सम्भव छ । आन्तरिक रक्तश्रावले गर्दा मांसपेशी तथा जोर्नीहरुमा उत्पन्न हुने बिभिन्न समस्याहरुको उपचार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्