५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


धरान जाँदै गरेको बस दुर्घटनामा २९ जना घाइते


0
Shares

भोजपुर, वैशाख ५ । भोजपुर सदरमुकामबाट धरान जाँदै गरेको यात्रुवाहक बस आज दिउँसो दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहानै भोजपुरबाट धरानतर्फ हिडेको ना ४ ख ४५७८ नम्बरको सप्तकोशी यातायातको बस हिले–भोजपुर सडकको लेगुवा नजिकै जरायोटार गाविसको भर्लाबोटेमा दुर्घटनामा भएको हो । साँघुरो सडकमा बस घुमाउने क्रममा बस पल्टिएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई प्रहरी र स्थानिय बासिन्दाले उद्धार गरी उपचारका लागि धरान पठाएका छन् । सामान्य घाइते चालक गणेश भण्डारीलाई जरायोटारस्थित प्रहरी चौकीमा राखिएको छ । बसमा ६० जना यात्रु थिए ।