
चितवन, वैशाख ५ । चितवनको टिकौली जङ्गलमा आज विहान दुई ट्रक र एक बस आपसमा ठोक्किएर भएको दुर्घटनामा १६ जना यात्रु घाईते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई ट्रक र विपरित दिशाबाट आइरहेको यात्रुबाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार १६ जना यात्रु घाईते भएका हुन् । उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्