सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टीखोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । हत्यामा संलग्न भएको ठानिएका काभ्रे जिल्लाको मन्डन–देउपुर गाउँपालिका बस्ने २९ वर्षीय टेकराज मल्ल, मोरङको उर्लाबारी–७ बस्ने ३३ वर्षीय नरेन्द्र कार्की र उर्लाबारी–५ बस्ने मोहन काफ्लेलाई दुईओटा गाडीसहित नियन्त्रणमा लिइएको…