पुनर्निर्माणका नाममा रानीपोखरी नष्ट गरिएको भन्दै किटानी जाहेरी • Image Khabar Image Khabar


पुनर्निर्माणका नाममा रानीपोखरी नष्ट गरिएको भन्दै किटानी जाहेरी


Imagekhabar
२० फाल्गुन २०७४, आईतवार १९:२२

पुनर्निर्माणका नाममा रानीपोखरी नष्ट गरिएको भन्दै किटानी जाहेरी

फौजदारी कानून अनुसार दोषीलाई कारवाही गर्न स्थानीय करिब दुई दर्जन व्यक्तिले पुरातत्व विभागका सिनियर डिभिजनल ईन्जिनियर सम्पत घिमिरे, काठमाडौं महानगरपालिकाका भौतिक पुर्वाधार विकास विभागका निर्देशक उतम कुमार रेग्मी र वर्ल्डवाईड कँडेल, जे.भीका सञ्चालक ठेकेदार अर्जुन कँडेलविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा किटानी जाहेरी दर्ता गरेका छन् ।

प्राचिन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत फौजदारी मुद्दा अनुसार किटानी जाहेरी पत्र दर्ता गरेको सम्पदाप्रेमी आलोक सिद्धि तुलाधरले जानकारी दिए ।

आरोपीहरुले पुरातात्विक र ऐतिहासिक रानी पोखरी पुन निर्माण र संरक्षण गर्ने नाममा नष्ट गरि अपराध गरेको जाहेरी दिएका छन् । पहिचान नभएका अन्य दोषीलाई समेत कानून बमोजिम कारवाही गर्न माग गरिएको छ ।

ऐनमा पुरातात्विक र ऐतिहासिक सामग्री नष्ट गरे विगो बमोजिमको रकम असुल गरी २५ हजारदेखि एक लाख रुपैयाँ जरिवाना वा ५ देखि १५ वर्ष कैद वा दुवै सजाय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्