हत्या आरोपमा तीनजना पक्राउ • Image Khabar Image Khabar


हत्या आरोपमा तीनजना पक्राउ


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार १५:२४

हत्या आरोपमा तीनजना पक्राउ

सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टीखोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

हत्यामा संलग्न भएको ठानिएका काभ्रे जिल्लाको मन्डन–देउपुर गाउँपालिका बस्ने २९ वर्षीय टेकराज मल्ल, मोरङको उर्लाबारी–७ बस्ने ३३ वर्षीय नरेन्द्र कार्की र उर्लाबारी–५ बस्ने मोहन काफ्लेलाई दुईओटा गाडीसहित नियन्त्रणमा लिइएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकु, काठमाडौं र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त प्रहरी टोलीले फागुन १९ गते विराटनगर–३ स्थित गोधलीमार्गमा शंकास्पदरुपमा दक्षिणबाट उत्तरतर्फ गइरहेको बा१२च ५९६३ नम्बरको सेतो रङको स्कारपियो गाडी र सोही गाडीको पछाडि रहेको मे१च ५३९५ नम्बर टाटा जेनोनलाई रोकी जाँच गर्दा स्कारपियो गाडीमा मृतक शाक्यको शव भेटिएको थियो ।

प्रहरीले उक्त शवसँगै करेन्ट लगाउन प्रयोग गरिएका तार जोडिएका ब्याट्रीसमेत फेलापारेको थियो ।

पक्राउ परेका व्यक्तिहरुले आर्थिक लेनदेन तथा एक महिनाअगाडि काठमाडौंबाट हराएको वा लुटिएको ३३ किलो ५०० ग्राम सुनको विषयलाई लिएर शाक्यलाई कुटपिट गरी करेन्ट लगाएर मारेको बयान दिएको प्रहरी उपरीक्षक बिसीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्