२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


२५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ


0
Shares

यही फागुन १० गते रोजगारीको सिलसिलामा दुबईमा रहेका प्रताप रानाले परियारलाई ‘तपाइँलाई लट्री परेको छ’ भनी इमोमार्फत् जानकारी गराएका थिए ।

रानाले परियारलाई ‘रु २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनोस्’ भन्दै बैंकको खाता नम्बर मागेका थिए ।

सबै कुराकानी भइसकेपछि सोे पैसा प्राप्त गर्न केही कर पठाइदिन भनेपछि परियारले विश्वास गरी आइएमइमार्फत् रु ३६ हजार रुपन्देहीका शैलेन्द्रकुमार बहराईलाई पठाइदिए ।

गत बिहीबार अपराह्न ३ बजेतिर साथी बचत तथा ऋण सहकारी संस्थामार्फत् आइएमई गरेको एक घन्टापछि रु २५ लाख प्राप्त गर्नका लागि रु ७५ हजार पठाउन भनेपछि परियार दोधारमा परे । उनले दाजु रमेशलाई सो कुरा बताएपछि आफू ठगिएको थाहा पाए । उनका दाजुले पैसा नपठाउन आग्रह गरे ।

पहिला आफू ठगिएको थाहा पाएपछि अर्को दिन आफूले पठाएको रु ३६ हजार कसरी पाउन सकिन्छ भन्दै दुई भाइ रुपन्देही गए ।

इलाका प्रहरी कार्यालय लुम्बिनीमा शैलेन्द्रकुमारको नाममा ठगीको जाहेरी दर्ता गरेपछि प्रहरीले बहराईलाई पक्राउ गरी रकम असुली गरेको छ ।

जाहेरी दिएको २४ घन्टा नबित्दै इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक विजय धवालले साधारण पोसाकमा प्रहरी पठाइ ठगी गर्ने भनिएका बहराईलाई पक्राउ गरे ।

इलाका प्रहरी कार्यालयमा पक्रिएर ल्याइसकेपछि हिरासतमा राखेर ठगी गरेको रु ३६ हजार असुल भएकोे छ । रासस