मनोज पुन तिनै व्यक्ति हुन् जसको आतंकमा देवदहमात्र नभई देशका निर्माण व्यवसायी, ठूला व्यापारी थरथर हुन्थे । उनी विगत दुई वर्षदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए । प्रहरीका अनुसार उनले गत पुस २२ गते देवदह मै व्यवसायी वसन्त पौडेलको हत्या गराएका थिए । त्यसअघि देवदहमै युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको थियो, जसमा प्रहरीले…