
मटिहानी नगरपालिका–७ स्थित पानीट्यांकीअगाडि स्थानीयवासी गणेश ठाकुरका छोरा ३० वर्षीय रमेश ठाकुर भन्ने कारी ठाकुरको शव हत्या गरिएको अवस्थामा फेलापरेको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।
मृतक ठाकुरको टाउकोमा धारिलो हतियार प्रहार गरिएको र शरीरभरि निलडाम भएको अवस्थामा शव फेलापरेको उनले बताए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ भने शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्