फरार अपराधी कारागार चलान • Image Khabar Image Khabar


फरार अपराधी कारागार चलान


Imagekhabar
७ फाल्गुन २०७४, सोमबार ०९:४१

फरार अपराधी कारागार चलान

यसरी कारागार चलान हुनेमा गोरखा जिल्लाको साबिक धावा गाविस घर भई ताप्ले बस्ने ४६ वर्षीय श्याम नेपाली ‘रोकाहा’ रहेको चितवन प्रहरीले जानकारी दिएको छ । उनलाई शुक्रबार गोरखाबाट पक्राउ गरी आइतवार चितवन जिल्ला अदालतमा बुझाइएकोमा अदालतले आइतबार नै कारागार पठाएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

सात वर्षअघि २०६७ सालमा रामनगरमा रहेको जगदम्बा पेट्रोलपम्पका म्यानेजर भरत घिमिरेलाई गोली हानी हत्या गरिएको घटनामा उनी दोषी ठहरिएका थिए । सो क्रममा उनीहरुले पम्पमा भएको धनमालसमेत लगेका थिए ।

फरार अपराधी खोजी अभियानका क्रममा प्रदेश नं ३ को प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय गोरखाको संयुक्त टोलीले उनलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

जिल्ला अदालत चितवनको २०७३ साल असार २७ गतेको फैसलाअनुसार नेपालीलाई ३ वर्ष कैद र रु २० हजार जरिवानाको फैसला सुनाएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्