काठमाडौं, वैशाख ७ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई डिल्लीबजारस्थित कारागार चलान गरिएको छ । महानगरीय प्रहरी परिसरले उनलाई बिहीबार पक्राउ गरेको थियो । विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद…