
पक्राउ पर्नेमा एक भारतीय महिलासहित सातजना छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विराटनगर–४ स्थित नोबेल कलेजअगाडिबाट भारतीय नम्बर प्लेटका तीन मोटरसाइकलबाट ठूलो परिमाणको एभिल, डाइजेलाभ, स्पास्मो प्रोक्सिभन, नाइट्रोसन, लुपीजेसिक, फेनारागन, डाइलेक्स डिसी र एकथान अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, एकथान म्यागजिन र ६ थान गोलीसहित सातजनालाई पक्राउ गरिएको जानकारी दिइयो ।
पक्राउ पर्नेमा भारतीय नागरिक रोहितकुमार शर्मा, विनोद यादव, राजाकुमार यादव, निलमदेवी यादव, प्रकाशकुमार दास, रन्जीतकुमार शर्मा र सुरजनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।
उनीहरूबाट भारतीय नम्बर प्लेटका तीनथान मोटरसाइकल, ६ थान मोबाइल र नेपाली रु ८१ हजार बरामद गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्