२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ


0
Shares

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठकाअनुसार ढकालले नगरपालिकाअन्तर्गत् वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको रु चार करोड हिनामिना गरेको आरोपमा बुधबार साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो ।

उनले भने–‘सामाजिक सुरक्षा भत्ताको कोषमा रहेको रु चार करोड हिनामिना भएको पाएँ । आफैंले अख्तियारलाई खबर गरेर भर्खरै पक्राउ गर्न लगाएको छु । अब सबै कुराको खोजी हुन्छ ।’

सामाजिक सुरक्षा भत्ताको रु चार करोड राष्ट्रिय वाणिज्य बैंक कटारीमा जम्मा भएको र उक्त रकम ढकालले कटारी नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलको कीर्ते सही गरेर काठमाडौंको थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट निकालेको खुलेको प्रमुख श्रेष्ठले बताए ।

बैंकको खातामा तीन दिनदेखि रकम नभएको र लेखा अधिकृत ढकालसमेत फरार रहिआएका थिए ।

बुधबार काठमाडौंबाट ढकाललाई पक्राउ गरिएको हो । रासस