वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्ष घिसिङलाई मंगलबार स्थानीय गणेश तामाङले मादक पदार्थ सेवन गरि हातपात गरेका थिए । वडाअध्यक्ष घिसिङलाई कुटपिट गर्ने तामाङलाई पक्राउ गरी हिरासतमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजन भुजेलले जानकारी दिए । मादक पदार्थ सेवन गरी कार्यालय समयमा होहल्ला गर्दै आएका तामाङलाई हल्ला नगर्न…