सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई बिहीबार जिल्ला अदालत मोरङमा पेस गरी थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । पक्राउ गरेका प्रहरी अधिकारीहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका लागि जिल्ला अदालत, मोरङमा पेस गरिएको थियो । तीनैजनामाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा…