२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


काठमाडौंमा जथाभावी पोस्टर टाँस्ने सातजना समातिए


0
Shares

काठमाडौं महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशीकाअनुसार आइतबार उनीहरुलाई बागबजार, पुतलीसडक, न्यूरोड, बिजुलीबजार, तीनकुनेलगायत स्थानबाट नियन्त्रणमा लिइएको हो ।

सातैजना बिजुलीको पोलमा पर्चा–पम्पलेट टाँसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

कामपाले केही दिनअघि एसइई परीक्षा सकेका विद्यार्थीलाई लक्षित गरी विभिन्न संघ–संस्थाले पर्चा–पम्पलेट टाँसेर सडकलाई कुरुप बनाएको भन्दै त्यसो नगर्न सूचना जारी गरेको थियो ।

जोशीकाअनुसार वैशाख महिनाको हालसम्ममा पर्चा–पम्पलेट टाँस्नेबाट जरिवानास्वरुप रु ३८ हजार असुल गरिसकिएको छ ।

कामापाले न्यूनतम् रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना तोकेको छ । रासस