गृह मन्त्रालयको विशेष छानबिन समितिले मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको गोरेलाई काठमाडौंमा सार्वजनिक गरेलगत्तै विराटनगर लगेर अदालतमा पेस गरिएको हो । अदालतको अनुमति लिएर उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । यसअघि, समितिले मंगलबारै गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गोरेलाई सार्वजनिक गरेको थियो । विशेष समितिले यसअघि ३२ जनालाई पक्राउ गरिसकेको छ…